काठमाडौं, १ साउन । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जानुहुने भएको छ । ९–११ साउनमा सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लाग्नुभएको हो ।
३१ असारको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशको भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्