जनता टाइम्स

५ श्रावण २०७६, आईतवार १८:५२

छवि ओझा र नायिका शिल्पाबिरुद्ध बहुबिवाहको उजुरी


काठमाडौं, साउन ५ । फिल्म निर्माता छविराज ओझा र उनकी कान्छी श्रीमती नायिका शिल्पा पोखरेलबिरुद्ध बहुविवाहको उजुरी परेको छ । छवि र शिल्पाबिरुद्ध छविकी जेठी पत्नी हेमा ओझाले महानगरीय प्रहरी बृत्त गौशालामा बहुबिवाहको उजुरी दर्ता गर्नुभएको हो ।

गौशला वृत्तका डिएसपी प्रदीपकुमार सिंहले उजुरी परेको बताउनु भयो । उहाँले उजुरी परेपछि छानबिनको काम भइरहेको उल्लेख गर्दै दर्ता भने नभएको बताए । फिल्म निर्माता ओझा र नायिका पोखरेलबीच केही समयदेखि विवाद हुँदै आएको थियो । शिल्पाले प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको भन्दै ओझाविरुद्ध उजुरी दिएपछि विवाद चुलिँदै आएको थियो । शिल्पाले डिभोर्सको मुद्दा दर्ता गरिसक्नुभएको छ ।

आफूसँग नबसेर दुई दुई वटा पत्नी भित्र्याउँदा चुप बस्नुभएकी जेठी श्रीमतीले अहिले भने बहुबिवाहको उजुरी दिनु भएको हो ।