मस्को, साउन २ । युक्रेनमा भएको सैन्य कारबाहीको निन्दा गर्ने एक रुसी पत्रकारलाई हिरासतमा राखिएका छ । रुसी प्रहरीले पत्रकार मारिना ओभ्स्यानिकोभालाई हिरासतमा लिएको हो । उहाँले मार्चमा एउटा लाईभ टीभी प्रसारणमा युक्रेनमा भएको रुसी हमलाको निन्दा गर्नुभएको थियो ।
उहाँको हिरासतबारे कुनै आधिकारिक बयान दिइएको छैन । युक्रेनमा रुसी हस्तक्षेप र राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै क्रेमलिन नजिकै प्लेकार्ड बोकेर एक्लै प्रदर्शन गरेको केही दिनपछि उहाँ पक्राउ पर्नुभएको हो ।
‘मरिनालाई हिरासतमा राखिएको छ’ उहाँका कर्मचारीले टेलिग्राम सन्देशमा भने, ‘उहाँ कहाँ हुनुहुन्छ भन्ने कुनै जानकारी छैन ।’ उहाँलाई दुई जना प्रहरी अधिकारीले एउटा सेतो भ्यानमा राखेर लगिएका तीन ओटा तस्बीर सार्वजनिक भएका छन् ।
मारिना पक्राउ परेका वकिल दिमित्री जाखभातोभले पुष्टि गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्