काठमाडौं, साउन ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनकै लागि नेकपा बिभाजन गर्नुभएका तात्कालिन पाँच नेता दोस्रो पटक छलफलमा जुटनु भएको छ ।
केपी शर्मा ओली नेतृत्वको नेकपाका दोस्रो अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता अभियोनका संयोजक तथा राष्ट्रिय सभामा मनोनीत सांसद वामदेव गौतम आज दोस्रो पटक छलफलमा जुटनु भएको हो ।
यिनै पाँच जना नेताले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको चावी सम्पने निर्णयसहित २०७७ पुस ५ गते तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अबिश्वासको प्रस्ताव संसदमा ल्याउने निर्णयपछि प्रतिनिधिसभा बिघटन भएको थियो । पाँच नेता आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा छलफलमा जुटनु भएको छ ।
आगामी चुनावमा एक्लै चुनाव लडे माओवादी ८ सिट र नेकपा एकीकृत समाजवादीले १ सिट मात्रै जित्ने गृहमन्त्रीको ठोकुवापछि पाँच नेता छलफलमा जुटनु भएको हो । आजको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले भारतमा भएको कुराकानी र सन्देश दिने स्रोतले बताएको छ । नेकपा बिभाजनपछि यसअघि पनि पाँच नेता भेला हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्