जनता टाइम्स

३ श्रावण २०७९, मंगलवार १९:५५

प्रचण्डलाई भेटन अस्वीकार गरेको मोदी स्वर्णिम वाग्लेसँगको भेटमा मुस्कुराए


काठमाडौं, साउन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन अस्वीकार गर्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेसँगको भेटमा मुस्कुराउनु भएको पाइएको छ ।

केही अन्तराष्ट्रिय अर्थशास्त्रीलाई भेटने क्रममा भारतीय प्रधानमन्त्री मोदीले योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेसँग भेट गर्नुभएको हो ।
माओवादी अध्यक्ष प्रचण्ड मोदीको भेट नपाएरै फर्कनुभएको पर्सिपल्ट वाग्ले आफैले आज सामाजिक सञ्जालमा मोदीसँगको भेटबारे तस्विरसहितको जानकारी दिनुभएको छ ।

प्रचण्डले अन्तिम समयमा मोदीले किन भेटेनन मलाई थाह भएन भन्ने जानकारी दिनुभएको थियो । वाग्लेले आज सामाजिक सञ्जालमा मोदीसँग हात मिलाएको तस्विर राख्दै आफ्नो कुराले मुस्कुराएको बताउनु भएको छ ।

‘..नेपालको ‘हिट’ करे..’ भन्दै अर्थशास्त्री वाग्लेले लेख्नुभएको छ, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियो :  हाइवेज, इन्फोवेज र ट्रान्सजेव (हिट) अर्थात पूर्वाधार, डिजिटल अर्थतन्त्र र उर्जा प्रशारणबाट द्रुत बिकास गर्ने पहलमा भारतको साथ हुनेछ । १० दिनअघि दिल्लीमा केही अन्तराष्ट्रिय अर्थशास्त्रीहरुलाई भेटने क्रममा मैले यो प्रसंग उठाउँदा मोदीजी मुस्कुराउनुभो ।’