जनता टाइम्स

४ श्रावण २०७९, बुधबार १९:०४

पुष्पलालको स्मृति दिवसमा यस्तो छ एमालेको कार्यक्रम


काठमाडौं, साउन ४ । नेकपा (एमाले) ले साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले पुष्पलालको योगदानलार्ई स्मरण र चीर स्थायी बनाउन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । केन्द्रीय तहमा काठमाडौं महानगरपालिका–१८ ताम्सिपाखामा रहेको क.पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुहुने कार्यक्रम छ । कार्यक्रम विहान ८ बजेका लागि तय गरिएको र श्रद्धाञ्जली अर्पणपछि पार्टी अध्यक्षले सम्वोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।