काठमाडौं, ४ साउन । स्थानीय तहका २३२ विद्यालयमा ‘विद्यालय नर्स’ राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशनमा उल्लेख गरिएको छ । मार्ग निर्देशनअनुसार चालु आर्थिक वर्षमा थप २५ स्थानीय तहका विद्यालयहरूमा नर्स राखिने भएको हो ।
थप हुने प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालय, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालयमा नर्स कार्यक्रम लागु हुँदैछ ।
यसैगरी, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ विद्यालय, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७० विद्यालय, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालय र प्रदेशको १ को एक स्थानीय तहको १० विद्यालयमा यस वर्षदेखि नर्स कार्यक्रम सुरु हुँदैछ ।













प्रतिक्रिया दिनुहोस्