जनता टाइम्स

५ श्रावण २०७९, बिहीबार १६:५१

समितिको थपियो म्याद, अर्थमन्त्री शर्माको छानबिन अझै सात दिन


काठमाडौं, ५ असार । संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको म्याद सात दिन थपेको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माण गर्ने क्रममा गत १४ जेठमा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न सो समिति गठन गरिएको हो ।

काम थालेको १० दिनभित्र आफ्नो जिम्मेवारी पूरा गर्न कार्यावधि तोकिएको थियो । तर, समय अपुग हुने भन्दै समिति सदस्यको आग्रहअनुसार सभामुख अग्निप्रसाद सापकोटाले आज म्याद थप सम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।