जनता टाइम्स

६ श्रावण २०७९, शुक्रबार १९:५५

राष्ट्रिय सहमतीबिना नागरिकता बिद्येयक पारित गर्नुहुन्न : झलनाथ खनाल


काठमाडौं, साउन ६ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमती गरेर मात्रै पारित गर्नुपर्ने अडान राख्नुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्नहरु रहेको भन्दै राष्ट्रिय सहमती हुनु अत्यावश्यक रहेको बताउनु भएको हो ।

‘सरकारले ल्याएको नागरिकता सम्बन्धी विधेयकमा केही गम्भीर प्रश्नहरु रहेका छन, यति गम्भीर बिषयलाई अन्देखा गरेर पारित गर्न हुन्न, राष्ट्रिय सहमती हुनु अत्यावश्यक रहेको छ,’ खनालले भन्नुभयो ।