काठमाडौं, साउन ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत नागरिकता बिद्येयक माओवादीकै डिजाइनमा आएको खुलासा गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली छोरीलाई लात र बिदेसी बुहारीलाई क्या बात भन्ने गरी ल्याएको नागरिकता बिद्येयकको डिजाइनर माओवादी नै रहेको प्रचण्डले खुलासा गर्नुभएको हो ।
‘माओवादीकै जोडबलमा नागरिकता बिद्येयक आएको हो, हाम्रै जोडबलमा आज संघीय संसद्बाट नागरिकताबारे निर्णय हुनलागेको छ,’ पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो । नागरिकता प्रकरणमा यस्तो बोल्नुभएका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा माआवादी केन्द्रले गर्ने ठोकुवा पनि गर्नुभयो ।
उहाँका अनुसार आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न सक्ने छैन ।
उहााल माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्