प्रतिशोधमा अमेरिकाले आर्थिक नाकावन्दी गरेतापनि अमेरिकी अधिकारी स्ट्रोव र तत्कालीन भारतीय परराष्ट्रमन्त्री जशवन्त सिंहको १८ पटकमा वार्ताले गर्दा अमेरिकाको आर्थिक नाकावन्दी स्वखलित हुन गयो । सन् १९९९ मा भारत पाकिस्तान विच कारगिंल युद्ध हुन गयो । वाजपेयीले धीरता र गम्भीरताको परीक्षा दिदै पाकिस्तानलाई सामरिक र कूटनीनिक रुपमा परास्त गरे । भारतको परराष्ट्र नीतिको प्रयोगमा “गुजराल सिद्धान्त” लाई पनि महत्वपूर्ण मानिन्छ । अर्थात् ठुला देशले ठुला हृदयका साथ भौगोलिक र आर्थिक रुपमा साना भएका मुलुकहरूसंग व्यवहार गर्नु पर्ने गुन्जरालको प्रस्तावना थियो । तदनुरुप भारतले पाकिस्तान, अफगानिस्तान, वंगलादेश र नेपालसंग विभिन्न सम्झौताहरू समेत गरेका देखिन्छ
विपिन देव
हरेक देशले आफ्नो शोध संस्थानको माध्यमवाट दौत्य सम्वन्ध रहेका मूलुकहरूको कूटनीतिक प्रारुपका वारेमा विमर्श र शोध गर्ने परिपाटी चलेको छ । नेपालको अर्थनीति र राजनीतिलाई कूटनीतिक सम्वन्धले गहिरो प्रभाव पारेको सन्दर्भमा भारत, चीन, अमेरिका लगायत सघन सम्वन्ध भएका मुलुकहरूको सामरिक नीति बुभ्mन त्यहॉका कूटनीतिक प्रारुप मन्थन गर्नु परमावश्यक हुन जान्छ । विगतका दिनहरूमा साहित्य र संस्कृतिका ज्ञान भएका व्यक्तिहरूले पनि कूटनीतिमा गहिरो अधिरुचि राखेको देखिन्छ । नेपालको सन्र्दभमा भन्ने हो भने चीन र भारतको कूटनीतिक अभ्यासका वारेमा वहस चलाउनु पर्ने आवश्यकता देखिन्छ ।
प्रस्तुत आलेख यही अभिप्रायबाट प्रायोजित रहेको छ । भारतीय स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय परराष्ट्र नीतिको जन्म भएको देखिन्छ । अर्थात् भारतीय परराष्ट्र नीतिमा गान्धीवादको गहिरो प्रभाव रहेको देखिन्छ । भारत स्वतन्त्र हुनुभन्दा पहिले नै सन् १९४६ मा पण्डित नेहरुले आठ सूत्रीय परराष्ट्र नीति संविधान सभामा प्रस्तुत् गरेका थिए । असंलग्न परराष्ट्रनीति र पञ्चशिल सिद्धान्तका सम्वाहक पण्डित नेहरुले एसियन कन्फरेन्स समेत दिल्लीमा आयोजना गरेका थिए । रंगभेद, उपनिवेशवाद र सम्राज्यवादका कटू आलोचक नेहरुले चीनसंगको सामिप्यतामा बढी जोड दिएका थिए । संसारमा चीनलाई सबभन्दा पहिले कूटनीतिक स्वीकृति दिने मुलुक नै भारत थिए । साथ(साथै चीनलाई सुरक्षा परिषदको सदस्यको रुपमा स्थापित गर्नमा नेहरुको अहम् भूमिका थियो ।
चीनिया नेता चाउ एनलाई भारत तीन पटक भ्रमण गरेका थिए । जेनेभावाट भारतीय एयर लायन्सवाट यात्रा गरेर दिल्ली अवतरित भएर चाउ एनले कूटनीतिको नियमलाई समेत तोडेका थिए । तर भारत चीनको सौहाद्रता इतिहासलाई मञ्जुर थिएन । सन् १९५९ मा दलाई लामा भारतमा शरण लिनु, चीन भारतीय नीतिवाट सशंकित हुनु जस्ता विभिन्न परिघटनाले गर्दा सन् १९६२ मा भारत चीन विच युद्ध हुन गयो । सामरिक जानकारहरूले नेहरु नीतिलाई गान्धीवादको प्रयोग भन्ने गरेका छन् । नेहरु संसारमा नैतिक आवाज थिए । संयुक्त राष्ट्र संघले नेहरुलाई कोरियन युद्धमा मध्यस्थता गर्न समेत आग्रह गरेका थिए । नेहरुले काश्मिरको समस्यालाई प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा छिनोफानो गर्न स्वंय संयुक्त राष्ट्र संघलाई आग्रह गरेका थिए ।
अर्थात् चीन र काश्मिरको घटनामा आधारमा नेहरुको परराष्ट्रनीतिको प्रयोगलाई असफलत मान्ने जानकारहरूको पनि ताति रहेको छ । तर भारतको पहिचान, असंलग्नताको प्रयोग, विज्ञान र प्रविधिको आधारशिला, प्रजातन्त्रलाई संस्थागत जस्ता मौलिक काम गर्ने व्यक्तित्व नेहरु नै थिए । नेहरु युग पश्चात लाल बहादुर शास्त्रीको कालखण्ड छोटो भएतापनि उपलब्धि मूलक रहेको छ । सन् १९६५ मा पाकिस्तानलाई युद्धमा पराजित गरेर सन् १९६२ को पराजयको घाउवाट घायल भएको भारतलाई मलम लगाउ‘ने काम शास्त्रीले नै गरे । आर्थिक रुपमा भारतलाई अब्वल बनाउ‘न कृषि क्रान्तिका उद्घोष गर्ने अमेरिकाको भियतनाम आक्रमण नीतिको निन्दा गर्ने र सादगी सदाचारको राजनीति गर्ने शास्त्री नै थिए । शास्त्रीको युग पछि इन्दिरा गान्धीको शासनकाल सुरु भयो ।
सत्तरीको दशकमा पाकिस्तानसंग युद्ध हुनु, वंगलादेशको जन्म हुनु, सन् १९७५ मा सिक्किमलाई भारतको अभिन्न अङ्ग बनाउ‘नु, सोभियत संघसंग शान्ति सम्झौता गर्नु इन्दिरा गान्धीको परराष्ट्र नीतिको उपलब्धिका रुपमा लिने गरिन्छ । इन्दिरा गान्धीको युग पश्चात राजीव गान्धीले युवा अवस्थामा प्रधानमंन्त्री पद ग्रहण गरे । भारतलाई आधुनिकीकरण गर्ने राजीव गान्धीको ठुलो संकल्प थियो । सन् १९८५ र सन् १९८६ मा राजीव गान्धीले अमेरिका यात्रा गरेका थिए । अर्थात् अमेरिकी लगानी र प्रविधिलाई प्रोत्साहन गर्न उनी उद्वेलित थिए । तत्कालीन वङुगालमा मुख्य मन्त्री ज्योति वासुले कटाक्ष गर्दै उनलाई “मिस्टर कम्प्युटर” समेत भन्ने गर्थे । जानकारहरूले राजीवको श्रीलङ्का नीतिलाई प्रश्नको घेरामा राख्ने गरेका छन् । श्रीलङ्कामा आन्तिरक समस्यालाई व्यवस्थापन गर्न भारतले सैनिक हस्तक्षेप समेत गरेको थियो । भारतका १२०० सैनिकहरू समेत सहादत प्राप्त गरेका थिए । तर भारतले हस्तक्षेप नगरेका खण्डमा श्रीलङ्काको भूगोल र इतिहास फरक हुने कुरा समेत जानकारहरूको विश्लेषण रहेको छ ।
नब्वेको दशकमा भारतका परराष्ट्रनीतिको प्रयोग पृथक् हुन गयो । पूर्वीय युरोपमा साम्यवादको धरासायी हुनु, सोभियत संघ विघटन हुनु, भारतका वाइलेन्स ऑफ पेमेन्टमा समस्या हुनु जस्ता विभिन्न कारणहरूले गर्दा भारतको परराष्ट्र नीतिको प्रयोगमा व्यापक परिर्वतन हुन गयो । राजनीति र कूटनीतिको प्रयोगमा चाणक्य मानिने नरसिंह रावले इतिहासको यो कालखण्डलाई नयॉ उचाइ दिए । आर्थिक खुलापन, नवउदारवाद, लुभ इष्ट पोलिसी, इजरायलसंगको दौत्य सम्वन्ध सन् १९९३ मा चीनसंगको सन्धिजस्ता विभिन्न उपलब्धि मुलक काम गर्ने राव नै थिए । कूटनीतिलाई अर्थनीति सिद्धान्तवाट परिचालित गर्ने रावले आर्थिक वृद्धदरमा सूचकाङ्कमा ३.५ प्रतिशतवाट ८.५ प्रतिसतमा छलाङ्ग लगाएका थिए । परराष्ट्रनीतिको प्रयोगका आधारमा अटल विहारी वाजपेयीको युगलाई पनि महत्वपूर्ण मानिन्छ । सन् १९९८ पोख्रन न्यूकिलियर परीक्षण गरेर संसारलाई चकित पार्ने वाजपेयी नै थिए ।
प्रतिशोधमा अमेरिकाले आर्थिक नाकावन्दी गरेतापनि अमेरिकी अधिकारी स्ट्रोव र तत्कालीन भारतीय परराष्ट्रमन्त्री जशवन्त सिंहको १८ पटकमा वार्ताले गर्दा अमेरिकाको आर्थिक नाकावन्दी स्वखलित हुन गयो । सन् १९९९ मा भारत पाकिस्तान विच कारगिंल युद्ध हुन गयो । वाजपेयीले धीरता र गम्भीरताको परीक्षा दिदै पाकिस्तानलाई सामरिक र कूटनीनिक रुपमा परास्त गरे । भारतको परराष्ट्र नीतिको प्रयोगमा “गुजराल सिद्धान्त” लाई पनि महत्वपूर्ण मानिन्छ । अर्थात् ठुला देशले ठुला हृदयका साथ भौगोलिक र आर्थिक रुपमा साना भएका मुलुकहरूसंग व्यवहार गर्नु पर्ने गुन्जरालको प्रस्तावना थियो । तदनुरुप भारतले पाकिस्तान, अफगानिस्तान, वंगलादेश र नेपालसंग विभिन्न सम्झौताहरू समेत गरेका देखिन्छ ।
इन्द्रकुमार गुजरालले प्रस्तावना गरेको यो परराष्ट्र नीतिको सिद्धान्तको सान्दर्भिकता दिन प्रतिदिन बढिरहेको छ । डा. मनमोहन सिंहको ठुलो सफलताका रुपमा अमेरिकासंग भएको न्यूकिलियर सम्झौता लिइन्छ । सन् २००४ को सोनामीको प्रकोपसंग जुध्न भारतको जलसेनाले खेलेको भूमिकालाई हिन्दमहासागरीय क्षेत्रका देशहरूले प्रसंसा गरेका थिए । यही आधारमा सन् २००६ मा जापानमा तत्कालीन प्रधानमन्त्री ओवले क्वार्डको अवधारणा भारतका संसदलाई सम्वोधन गर्ने वेलामा सार्वजनिक गरेका थिए । अर्थात् डा. मनमोहन सिंहको नीतिले गर्दा आज भारत हिन्दमहासागरीय गठवन्धनमा एक सक्रिय सदस्य छ भने व्रिक्समा पनि साझेदारी कायम नै राखेको छ ।













प्रतिक्रिया दिनुहोस्