काठमाडौं, भदौ १६ । भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि माछापुच्छ्रे बकैंले २ करोड १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनस्र्थापनाका लागि नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले २ करोड १ लाख आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सोमवार हस्तान्तरण गर्नुभयो । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले आफ्नो तर्फबाट उक्त सहयोग गरेको हो । उक्त बिनाशकारी विपत्ति लगत्तै माछापुच्छ्रे बैंकले प्रभावित नागरिकको लागि खाद्यान्न, ओड्ने ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामाग्रीहरु यसअघि नै उपलब्ध गराइसकेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन तथा पुनस्र्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायका लागि राहत तथा सहयोग प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले आगामी दिनमा पनि समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेको छ ।














प्रतिक्रिया दिनुहोस्