जनता टाइम्स

६ श्रावण २०७६, सोमबार १६:४३

क्लिन फिडमा सरकार अडिग, विधेयकबाट पछि नहटने सञ्चारमन्त्री बाँस्कोटाको उद्घोष


काठमाडौं, साउन ६

सरकारले राष्ट्रिय सभामा प्रस्तुत विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट पछि नहट्ने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कुनै पनि हालतमा क्लिनफिडको प्रावधान फिर्ता नगरिने स्पष्ट पार्नुभएको हो ।

संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलका क्रममा मन्त्री बास्कोटाले भन्नुभयो, ‘विधेयकबाट कुनै पनि हालतमा क्लिनफिडको प्रावधान हट्दैन । यो प्रावधान हटाउन नहुनेमा सरकार दृढ छ ।’

राष्ट्रियसभामा दर्ता भएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकुको दफा ६ (१) मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था छ । विधेयकको यो व्यवस्थामा सांसदहरु लक्ष्मणलाल कर्ण र एकवाल मियाँले क्लिन फिड भन्ने शब्द हटाउनुपर्ने संशोधन प्रस्ताव गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका सांसदहरु दिव्यमणि राजभण्डारी र सुजाता परियारले पनि क्लिनफिडको प्रावधान हटाउन विधेयकमा संशोधन प्रस्ताव हालेका छन् । ‘नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमा क्लिनफिडको व्यवस्था गर्न पनि यो विधेयक ल्याइएको हो। यस्तो व्यवस्था हटाउन संशोधन आएको छ’, उहाले भन्नुभयो, ‘त्यो संशोधन पारित गर्ने हो भने यो विधेयक कागजको खोस्टो मात्रै हुन्छ। यो प्रस्तावमा सरकार कुनै हालतमा सहमत हुन सक्दैन।’ क्लिनफिड देशको भावना, राष्ट्रियता र हितको कुरा भएको बताउँदै उहाले त्यही कारण हटाउन नसकिने स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले सयचोटी छलफल गरे पनि क्लिनफिड हुनु हुँदैन भन्ने कुरामा सहमति जनाउन नसकिने स्पष्ट पार्नुभयो । ‘क्लिनफिड अमेरिकाका राज्य(राज्यहरुमा पनि लागू भएका छन्। भारतमै पनि लागू भएका छन्,ु उहाले भन्नुभयो, ‘क्लिनफिडको विषयमा दृढतापूर्वक उभिनुपर्छ।