काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्पताल भर्ना हुनुभएको छ । मधुमेह बढेपछि उपचारका लागि उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बुले जानकारी दिनुभयो।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतका अनुसार चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना हुनुभएको हो ।
उहाँका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ। बस्नेतले मन्त्री खापुङको प्रारम्भिक जाँच गरिएको र स्वास्थ्य अवस्था राम्रो रहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्