काठमाडौं, साउन ८ । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको मागअनुसारको आदेश दिएको छ । अदालतले आज थापा नेतृत्वको राप्रपा नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अध्यक्ष थापा स्वयंले बहश गर्नुभएको न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले सो आदेश दिएको सर्वाेच्च अदालतले जनाएको छ ।
निर्वाचन आयोगले देशको राष्ट्रिय जनावर र हिन्दू धर्मसँग जोडिएको हुँदा गाई चुनाव चिन्ह दिन अस्वीकार गरेको थियो । त्यसको विरुद्धमा राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सो रिटको सुनुवाई गर्दै आज अदालतले राप्रपा नेपालको पक्षमा आदेश दिएको हो ।














प्रतिक्रिया दिनुहोस्