जनता टाइम्स

८ श्रावण २०७९, आईतवार १८:३८

कारागार विधेकय पारित


काठमाडौं, ८ साउन । संसदले कारागार विधेकय २०७८ पारित गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । आज नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दवाफार छलफल भएको थियो ।