काठमाडौं, साउन ९ । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाबाट पारित नागरिकता सम्बन्धी विधेयकप्रति कडा आपत्ति जनाउनु भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलमा भाग लिँदै श्रेष्ठले बिद्येयकका कतिपय प्रावधान गलत रहेको भन्दै असन्तुष्टि जनाउनु भयो ।
‘सरकारले प्रतिवेदन अनुसारको विधेयक फिर्ता लिने, फिर्ता लिइसकेपछि अल्पमतको विचार लागू हुनेगरी कानूनी व्यवस्था गर्न विधेयक प्रस्तुत गर्ने यो चलन हामीले चलायौं भने लोकतन्त्र अत्यन्तै कमजोर हुन्छ । संसदीय मान्यता कमजोर हुन्छ । त्यसैले यो कोणबाट पनि बिद्येयक गलत छ,’ श्रेष्ठले भन्नुभयो ।
नेता श्रेष्ठले वैवाहिक अंगीकृत नागरिकताको लागि ७ वर्षे प्रावधान हटाउनुपर्ने कुनै कारण नभएको धारणा पनि राख्नुभयो । ‘७ वर्ष वैवाहिक अंगीकृत नागरिकता महिलालाई दिने प्रावधान थियो, त्यो हटाउनुपर्ने कुनै कारण थिएन । त्यसमा पनि विचार पुर्याइएन भन्ने मेरो ठहर छ,’ श्रेष्ठले भन्नुभयो ।
यता चुनाव हारेर राष्ट्रपतिबाट मनोनीति कोटामा राष्ट्रियसभा छिर्नुभएका बामदेव गौतम भने प्रचण्डले मानिसकेको कारण बैवाहिक अंगीकृत नागरिकता बिहे गर्नसाथ दिनुपर्ने पक्षमा उभिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्