काठमाडौँ, ११ साउन । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित हुने भएको छ ।
नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np तथा www.neb.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर थाहा पाउन सकिन्छ । भन्ने बोर्डका अनुसार अन्य वेवसाइट मार्फत पनि नतिजा हेर्न सकिनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।
दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए।














प्रतिक्रिया दिनुहोस्