काठमाडौं, ११ साउन । जाजरकोट बारेकोट गाउँपालिका –६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाई साउन ९ गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा दुईजना पक्राउ परेका छन्।बारेकोट– ६ का टेकेन्द्र नेपाली र अविनास विकलाई वडाध्यक्ष महतारालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले आज प्रक्राउ गरेको हो।
उनीहरुलाई कुशे गाउँपालिका– ५ बाटुलेबाट पक्राउ गरिएको जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिनुभयो । घाइते वडाध्यक्ष महताराको टाउकामा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्