काठमाडौं, साउन १२ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीबार नेपाल आउँदै हुनुहुन्छ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका उहाँ बेला काठमाडौं आउन लाग्नुभएको हो । उहाँ एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आउनुभएको थियो ।
नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उहाँ नेपाल आउन लाग्नुभएको हो । लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उहाँ यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपालको भ्रमण गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्