जनता टाइम्स

१२ श्रावण २०७९, बिहीबार १२:३३

मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु


मकवानपुर, १२ साउन । कैलाश गाउँपालिका–७ वराङस्थित मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका खानीडाँडा बस्ने ५५ वर्षीय जित बहादुर प्रजा रहनुभएको छ ।

उहाँको बुधबार मृत्यु भएको हो । प्रहरी चौकी भार्ता र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।