जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार ०७:३५

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको उच्चस्तरीय भेटवार्ता आज


काठमाडौं, १३ साउन ।  अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

तीन दिने भ्रमणका लागि हिजो काठमाण्डौ आएका उहाँले आज उच्चस्तरीय भेटवार्ता गर्न लाग्नुभएको हो । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाण्डौ आउनु भएको हो ।नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाण्डौ आएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

‘नेपालले गएको असार ६ गते एसपीपी अघि नबढ्ने निर्णय गरे पनि अहिलेसम्म अमेरिकालाई औपचारिक पत्राचार गरेको छैन । यसको चौतर्फी आलोचना भइरहेको छ ।यसअघि गएको मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेल्नु भएको थियो ।