जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार १३:५०

राजदूत शर्माले भेटे भारतीय विदेश सचिव विनय मोहन क्वात्रा


काठमाडौं, १३ साउन । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गर्नुभएको छ । भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो ।

द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।