जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार १९:२४

संसारमै किन बढ्दैछ कोरियाली श्रृङ्गारको प्रचलन ?


एजेन्सी । हजारौं वर्षदेखि फेसन मनपराउने मानिस राम्रो देखिन श्रृङ्गारको प्रयोग गर्दै आइरहेका छन् । यस्ता मानिस फेसनको दुनियाँमा चलेका ट्रेण्डमा अपडेट पनि रहन्छन् । यसरी श्रृङ्गारको हरेक क्षण बदलिदो दुनियाँमा कोरियाली श्रृङ्गारले ढ्कढक्याएको छ ।

संसारभरी कोरियाली श्रृङ्गारको ट्रेण्ड बढिरहेको छ । विगत केही वर्षदेखि कोरियाली संगीतका ‘पप’ कोरियाली टेलिसिरियलको चलन पश्चिमसहित संसारका अन्य देशमा पनि बढ्दो मात्रामा रहेको छ । अब पश्चिमा युवायुवतीलाई कोरियाली श्रृङ्गारले लोभ्याएको छ, जसलाई ‘के–ब्यूटी’ भनिन्छ ।

चर्चित कोरियालीब्याण्ड विटिएसका सातै पुरुष सदस्यदेखि कैयौं कोरियाली सेलिब्रेटी आफ्नो एउटा निश्चित ‘लुक’ ले चिनिन्छन् । पछिल्ला १८ महिनादेखि ‘के–ब्यूटी’ को चलन पश्चिमा देशहरूमा पनि देखिन थालेका छन् । रिटेल शाधकर्ता मिन्टेलकाअनुसार सन् २०१७ मा कोरियाली श्रृङ्गार उद्योगको मूल्य लगभग १३ अर्ब लडरको थियो ।

छालाको देखरेख महत्वपूर्ण
म्यारी क्लेयरकी डिजिटल ब्यूटी एडिटर क्याटी थोमस भन्छिन् ‘ कोरियाली श्रृङ्गारतर्फ मानिसको लोभ्याईको प्रमुख कारण यसको नयाँपन हो । कोरियाली श्रृङ्गार उद्योग संसारदेखि १०–१२ वर्ष अघि हिड्छ । इष्टाग्राम र ब्यूटी ब्लगको सहयोगले हामी यसको कदममा कदम मिलाएर हिड्ने कोशिस गरिरहेका छौं । ’

क्ुनै पनि श्र्रङ्गार गर्नुभन्दा पहिले कोरियाली मानिस छाला राम्रो होस् र दाग, थेग्ला छोप्न फाउण्डेशन वा अन्य सामाग्रीको आवश्यकता नपरोस भनेर हेक्का राख्छन् । थोमस भन्छिन् ‘कोरियाली संस्कृतिमा मानिसको मनमा यो कुरा सानै उमेरमा सिकाइन्छ की उसले आफ्नो छालाको ख्याल राख्नु पर्छ ।’

सामान्यतया मानिस श्रृङ्गारभन्दा पहिले तीन चरणको प्रयोग गर्छन्, जसमा क्लिंजर, टोनर र म्याक्चराइजर सामेल हुन्छ । तर, कोरियाली मानिस श्रृङ्गारभन्दा पहिले ७ देखि १२ चरणको प्रयोग गर्दछन् । जसमा छालामा प्राकृतिक सामाग्रिहरूको प्रयोग ज्यादा गरिन्छ । थोमस् भन्छिन् ‘ यो केही मानिसलाई धेरै लाग्न सक्छ तर, यसलाई यसरी बुझ्नस पर्छ कि तपाई आफ्नो छालाको आहारको ख्याल राख्दै हुनुहुन्छ । बेलायतमा कोरियाभन्दा धेरै फरक छ ।’

कोरियामा श्रृङ्गारका वारेका धेरै अनुसन्धान गरिन्छ, किनभने यहाँ प्रतिस्पर्धा धेरै छ । सबैले अर्काकोभन्दा राम्रो बनाउने प्रयास गर्छन् । लण्डनस्थित के–ब्यूटी बारकी सस्थापक क्यारेन हान्ग भन्छिन् ‘ कोरियाली श्रृङ्गार उद्योग नयाँ प्रयोगहरूका लागि सधैं अगाडि रहन्छ । आफ्नो नयाँ सामाग्रीको फर्मुलासम्म सधैं प्रयोग गरिन्छ, जसलाई पश्चिमी देश कहिल्यै अपनाउन चाहदैन ।’

त्यस्ता अनौठो कोरियाली सामग्रीहरूलाई उल्लेख गर्दै उनी भन्छिन्, ‘कोरियालीहरूले छालालाई चिसो राख्न स्नेल प्रोटिनहरू प्रयोग गर्छन् । मौरीको मोम छालाको तेल कम गर्न प्रयोग गरिन्छ।’

यो मेकअप कत्तिको सफल छ ?


अमेरिकामा, १० देखि १७ वर्ष उमेरका लगभग १३ प्रतिशत महिलाहरू के–सौंन्दर्यका उत्पादनहरू प्रयोग गर्न चाहन्छन् । एकै समयमा, १८ देखि २२ वर्षका १८ प्रतिशत महिलाहरूले यी उत्पादनहरू प्रयोग गरेका छन् ।

मिन्टेलका सौन्दर्य विश्लेषक एन्ड्रयू म्याकडुगल भन्छिन्, ‘कोरियाली मेकअप यसको डिजिटल मार्केटिङ रणनीतिका कारण तीव्र गतिमा बढेको छ। यसले सामाजिक सञ्जाल मार्फत पश्चिमी सौन्दर्य ब्लगरहरू बीच यसको लोकप्रियता बढाएको छ ।

ूग्राहकहरू यसको बारेमा बढी जानकार छन् र आफैंसँग सम्बन्धित अनुसन्धान गर्छन् । हो, यो भन्न सकिन्छ कि मेकअप ब्लगरहरूले तिनीहरूलाई उत्पादनका वारे जानकारी दिन्छन्।

केटी थेोमस पनि के–सौंन्दर्यको रंगीन र कार्टुनिश झलक उनको उद्योगको ठूलो हिस्सा हो भन्ने कुरामा सहमत देखिन्छिन्। मानिसहरूले यी उत्पादनहरू यसको आकर्षक प्याकेजिङको लागि पनि खरीद गर्छन् । जसले गर्दा उनीहरुको बाथरुमको सौन्दर्य बढाउन सकोस् । बेलायतमा यी उत्पादनहरू अनलाइन बजारबाट मात्र किन्न सकिन्छ ।

२०१५ मा सुरु भएको, एसस्टाइल डट कमले कोरियाली मेकअपलाई ठूलो व्यवसायको रूपमा हेर्छ । यो हङकङ ई–कमर्स कम्पनीले लगभग १५० कोरियाली ब्रान्डहरू राख्छ । एसस्टाइलको अनुमान अनुसार सन् २०१८ मा के–सौन्दर्यले २५ मिलियन डलरको उत्पादन बिक्री गर्नेछ ।

एसस्टाइलका सम्पादक रुमी रोज रेयस भन्छन्, ‘आजकाल ‘नो मेकअप’ मेकअप लुकप्रति पश्चिमी देशहरू बढ्दो रूपमा आकर्षित भएका छन् । जसमा मूलतः छालालाई चम्किलो बनाउने कुरामा जोड दिइन्छ । आजकल ‘प्राकृतिक’ मेकअपको चलन छ ।’

पश्चिमी देश र के–सौंदर्य


के–ब्युटीको बढ्दो चलनलाई ध्यानमा राख्दै धेरै पश्चिमी देशका सौन्दर्य कम्पनीहरूले पनि आफ्नै ब्राण्डमा यस्ता उत्पादनहरू बजारमा ल्याइरहेका छन् ।
मेरी क्लेयर भन्छिन्, ‘त्यहाँ धेरै पश्चिमी ब्रान्डहरू छन् जसले आफ्नो ब्रान्डहरूमा त्यस्ता उत्पादनहरू समावेश गरिरहेका छन् । उदाहरणका लागि, भाइलेस सेन्ट लरेन्सले कुशन फाउन्डेसन र कुशन ब्रशर सुरू गरेका छन्। मानिसहरूले के–सौन्दर्यलाई आफ्नो ब्रान्डको हिस्सा बनाएका छन्।’

यस गर्मीमा, प्रिमर्क कम्पनीले के–ब्युटी उत्पादनहरूको दायरा लन्च गरेको थियो, जुन धेरै छिटो बिक्री भइरहेको थियो । कम्पनीका एक प्रवक्ताले बीबीसीलाई भने, ‘दक्षिण कोरियाली मेकअपको बढ्दो चलनका कारण यी उत्पादनहरू लन्च गरिएको हो । र कम्पनीले भविष्यमा पनि फेस मास्कहरू बिक्री गर्न जारी राख्नेछ। यो त्यो वर्ग हो जो आफ्नो छालाको हेरचाहमा कहिल्यै गम्भीर भएन। ’

के के–सौंदर्य प्रवृत्ति टिक्नेछ वा चाँडै समाप्त हुनेछ ? यस प्रश्नमा मारी क्लेयर भन्छिन्, ‘यो मेकअप उद्योगमा बाँच्नेछ किनभने युवाहरू वातावरणको बारेमा चिन्तित छन् र यसले मानिसलाई कस्तो असर पार्छ भनेर सोच्छन्। मानिसहरु आफ्नो छालालाई लिएर गम्भीर भइरहेका छन्। प्रदुषण यति धेरै बढेको छ कि यसले हाम्रो छालाका लागि हरेक पल हानिकारक सावित भैरहेको छ । कोरियाको मेकअपलाई जनतामाझ सान्दर्भिक बनाउने सबैभन्दा ठूलो कारण यही हो।

यहाँ पुरुषहरु पनि मेकअप गर्छन्


अन्य देशहरूमा, मेकअप महिलाहरूले मात्र प्रयोग गर्छन् र मेकअप उत्पादनहरू बनाउने कम्पनीहरूको विशेष ध्यान महिलाहरूमा रहन्छ। तर कोरियामा महिलासँगै पुरुषले पनि मेकअप गर्छन् । के–सौंदर्य उत्पादनहरूको प्रमुख व्यवसाय पुरुषहरूको मेकअप सामग्रीहरूमा टिकेको छ ।

के, सौन्दर्यता पश्चिममा पुरुषहरूमाझ लोकप्रिय हुनेछ ? यस प्रश्नमा करेन होङ भन्छिन्, ‘कोरियाका पुरुषहरूले छालाको हेरचाह र मेकअपलाई फरक दृष्टिकोणबाट हेर्छन् । विशेष गरी युवा पुस्तामा मेकअप धेरै लोकप्रिय छ, राम्रो देखिनाले उनीहरूको आत्मविश्वास बृद्धि हन्छ। तर पश्चिमा देशहरूमा यो प्रवृत्ति अहिले सम्म छैन।

मिन्टेलका एन्ड्रयू म्याकडुगल पनि यसमा सहमत छिन्। उनी भन्छन्, ‘पश्चिमी देशमा पुरुषका लागि उत्पादन ल्याइने भए पनि यहाँका पुरुषमा यस्तो सौन्दर्यको चलन आउन धेरै समय लाग्ने छ । हालै, फ्रान्सेली फेसन ब्रान्ड च्यानलले कोरियामा आफ्नो ‘ब्वाय डे च्यानल’ उत्पादनहरूको दायरा ल्याएको छ । तर, कम्पनीले आफ्नो देश फ्रान्समा यी उत्पादनहरू लन्च गरेको छैन ।