जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार १०:३५

युक्रेनी राष्ट्रपतिले लगाए रुसमाथि गम्भीर आरोप


किभ, साउन १४ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको प्रायोजक भएको आरोप लगाउनु भएको छ ।

रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाउनु भएको हो । मस्कोलाई स्पष्ट रुपमा आतंकवाद प्रायोजक गर्ने देशको रुपमा कानुनी मान्यता दिनुपर्ने उहाँको भनाई छ ।

‘म विशेष गरी अमेरिकालाई अपील गर्दैछु । रुसलाई आतंकवाद प्रायोजक देशको रुपमा कानुन मान्यताको निर्णय आवश्यक छ ’ उहाँले भन्नुभयो ।