डोटी, साउन १४ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी चुनावमा आफूहरु कांग्रेसकै शरण पर्ने बटमलाइन सुनाउनु भएको छ ।
चुनावमा पाँच दलीय गठबन्धनको बिकल्प नरहेको भन्दै नेपालले यस्तो बताउनु भएको हो । उहाँले सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि गठबन्धन दिगो रहने बताउनु भयो । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिबार डोटी सदरमुकाम सिलगढी आउनु भएका अध्यक्ष नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धन अहिलेको अनिवार्य आवश्यकता भएको बताउनु भयो ।
‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन,’ नेपालले भन्नुभयो । नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको भए पनि अव क्षतीपुर्ति गर्ने बताउनु भयो । ‘स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ/प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौं,’ नेपालले भन्नुभयो ।

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन नभए माधवको पार्टीले एक सिट जित्न सक्ने आधार कांग्रेस केन्द्रीय समिति बैठकमा राख्नुभएको थियो । सोही कारण पनि नेपाल कांग्रेससँगको गठबन्धनमै रहने र गठबन्धनबिना चुनावमा नजाने रणनीतिमा रहनु भएको पत्रकारको प्रश्नको जवाफमा खुलेको हो ।
यसअघि आजै आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले आगामी चुनावमा कांग्रेसले माओवादीलाई दोस्रो दल बनाउनै पर्ने बताउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्