जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार १८:५४

कांग्रेस सभापति नै एमाले प्रवेश


काठमाडौं, साउन १४ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन चलिरहँदा सोही पार्टीका नेताहरुमा पार्टीप्रति बितृष्णा बढेको पाइएको छ ।

कांग्रेसले मुलुकको बर्वादीतर्फको यात्रा अघि बढाएको भन्दै रामेछाप खाँडादेवी गाउँपालिकाका कांग्रेस सभापति एमाले प्रवेश गर्नुभएको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तेज घिसिङसहित ४६ जना युवा नेता तथा कार्यकर्तालाई स्वागत गर्नुभयो ।

नवप्रवेसी घिसिङले कांग्रेसबाट मुलुकको बर्वादी मात्रै हुने प्रष्ट भएकोले एमाले प्रवेश गरेको बताउनु भयो । ‘कांग्रेसमा बसेर अव कसैले पनि आफ्नो भविश्य र देशको भविश्य बर्वाद पार्नुहुन्न भन्ने निश्कर्षसहित जनताको प्यारो पार्टी एमालेमा पवेश गरेको हुँ,’ प्रवेशपछि घिसिङले भन्नुभयो ।