जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार २२:०२

महिला अयोगकी अध्यक्ष पराजुली भन्नुभयो – सरकार मलाई शान्ति सुरक्षा चाहियो ,


काठमाडौँ, १४ साउन । महिला अयोगकी अध्यक्ष कमला पराजुलीले सरकारसँग सुरक्षाको माग गर्नुभएको छ । आज आफ्नो सामाजिक सञ्जालमा उहाँले आफू असुरक्षित रहेको भन्दै सरकारसँग सुरक्षाको माग गर्नूभएको हो । उहाँले आफू माथि कुनै पनि बेला कुनै पनि घटना हुन सक्ने खतरा बढेको बताउनुएको छ । आज आफ्नो घर अगाडी आएर प्रदर्शन गरेको विषयलाई उल्लेख गर्दै उहाँले सरकारलाई गम्भिर ध्यानाकर्षण गराएको बताउनुभयो ।

यस्तो छ उहाँको स्ट्याटस
सरकार मलाई शान्ति सुरक्षा चाहियो !
म उपर कुनै पनि समय, कुनै पनि घटना हुनसक्ने सम्भावना यो परिदृश्यले सङ्केत गरेको छ ।
आज दिउँसो ५ः३० बजे तस्बिरमा भएका पेशेवर व्यक्तिहरू मेरो घर र बस्तीमा आएर मेरो विरुद्ध मनपरी तथानाम नाराबाजी गरेर आतङ्क मच्चाएका छन् । यी व्यक्तिहरू किन, कसरी , को बाट परिचालित छन् ? सरकारको गम्भिर ध्यानाकर्षण होस् ।