ललितपुर, साउन १५ । नेकपा एमालेको ३३ वटै बिभागको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय कार्यालय च्यासलमा विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएको छ ।
बैठकमा ३३ वटै विभागको सहभागिता रहेको छ । बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको छ । आगामी चुनावलाई लक्षित गरेर विभागहरुले कार्ययोजना बनाएका छन् । अध्यक्ष ओलीले विभागीय प्रमुखहरुको रिर्पोटिङ सुनेपछि त्यसलाई सुझावसहित सचिवालयल बैठकले पारित गर्नेछ ।
पछिल्लो समय नेकपा एमालेले सवै बिभागहरुको बैठक सम्पन्न गरी कार्ययोजना बनाइसकेको छ । आजको बैठकपछि स्पष्ट खाकासहित एमालेका बिभागहरु काममा सक्रियतापुर्वक जुटेन बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्