जनता टाइम्स

१५ श्रावण २०७९, आईतवार १८:१८

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षले दिए श्रीमतीलाई भान्से पदमा जागिर


अछाम, १५ साउन । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नै श्रीमतीलाई भान्से नियुक्त गर्नुभएको छ । उहाँकी श्रीमती जयसरा साउँदलाई जेष्ठ १५ गतेदेखि लागु हुनेगरि उक्त पदमा नियुक्त गर्नुभएको हो । करार सेवामा अध्यक्ष साउँदले ६ महिनाका लागि आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको छ ।

यस विषयमा गाउँपालिका अध्यक्ष साउँदसँग बुझ्न खोज्दा उहाँले बोल्न चाहनु भएन । यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले भने कानुन अनुसार नै उहाँलाई उक्त पदमा नियुक्त गरिएको बताउनुभयो । यो सामान्य विषय भएको र यसलाई ठुलो बनाउन आवश्यक नरहेको उहाँले प्रतिक्रिया दिनुभयो ।