काठमाडौं, साउन १५ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा आज स्वदेश फर्कनुभएको छ । आफ्नोसहित गठबन्धन सरकारको उपचारका लागि भारत जानुभएकी कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएकी आरजु प्रधानमन्त्री देउवाकै तर्फबाट भारतसँग डिल गरेपछि स्वदेश फर्कनुभएको हो ।
भारतमा आरजुले आफ्नो उपचार समेत गराउनु भएको छ । आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो। भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएको जानकारी दिनुभयो । प्रधानमन्त्रीपत्नी आरजु गत असार २६ गते उपचारका लागि भारत जानुभएको थियो । तर भारतमा रहँदा उहाँ आफ्नो उपचारभन्दा गठबन्धनको बिषयमा उपचार केन्द्रित गर्नुभयो ।
असार अन्तिम साता भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आरजुबीच दूतावासमा भेटवार्ता भएको थियो । भारतीय जनता पार्टीका नेता साँक्षी राखेर भएको सो क्रममा राजनीतिक डिल भएको तथ्य सोही बेला आइसकेको छ ।
नयाँ दिल्लीमा प्रचण्ड र आरजुबीच भेटवार्ता भएपछि त्यसलाई लिएर भावी राजनीतिबारे विभिन्न कोणबाट बहससमेत भएका थिए । भारतमा आरजुले खुफिया एजेन्सीका अधिकारीसँग समेत भेटेको समाचार बाहिरिएको छ ।













प्रतिक्रिया दिनुहोस्