नुवाकोट, १५ साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले महँगी र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध जनाउँदै जिल्लामा मसाल जुलुस निकालेको छ ।सदरमुकाम विदुरमा आइतबार साँझ नेकपा सम्बद्ध नेता, कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् ।
सविता तामाङको नेतृत्वमा निकालिएको जुलुसमा कम संख्यामा सहभागी थिए । मसाल जुलुस निकालेको केहीबेरमै प्रहरीले मसाल खोसेर निभाएको थियो ।













प्रतिक्रिया दिनुहोस्