जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार ०८:४२

महिला युरो कपको उपाधि इङ्ल्यान्डले जित्यो


काठमाडौं, १६ साउन ।  महिला युरो कप–२०२२ को उपाधि इङ्ल्यान्डले जितेको छ । गए राति जर्मनीसँग भएको फाइनल भिडन्तमा इङ्ल्यान्डले २-१ को जित निकाल्दै उपाधि जितेको हो ।

यो जितसँगै इङ्ल्यान्डले पहिलोपटक युरो जितेर इतिहास रचेको छ । ८ पटक महिला युरो कपको उपाधि विजेता जर्मनीले भने थप एक गोल गर्न नसक्दा निराश हुनुपर्‍यो ।