रामेछाप, १७ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दसतिर फर्किएका पार्टीहरु मिलेर बनेको अपवित्र गठबन्धन निरन्तर एमालेका विरुद्धमा मात्रै लागेको बताउनुभयो । आज नेकपा एमाले रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको जिल्ला स्तरीय संगठन सृदृढीकरण तथा शुद्धीकरण प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
राम्रो काम गरिरहेको एमालेलाई सरकारबाट हटाउन सङ्घीयता नचाहने, प्रदेश बढाइनुपर्छ, संसदीय व्यवस्था स्वीकार छैन भन्ने र संसदीय व्यवस्थाको विकल्पै छैन भन्ने पार्टीको अपवित्र गठबन्धन बनेको र यो गठबन्धन निरन्तर एमालेको विरुद्धमा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘संघीयता खारेजीको माग गर्ने राष्ट्रिय जनामोर्चा, १४ प्रदेश बनाउनुपर्छ भन्ने जनता समाजवादी पार्टी नै गठबन्धनमा छन् । संसदीय व्यवस्थालाई स्वीकार गरिएको छैन भन्ने प्रचण्ड र संसदीय व्यवस्थाको विकल्प छैन भन्ने काँग्रेस एकै ठाउँमा छन् ।’
उहाँले थप्नुभयो,‘दसतिर फर्किएका पार्टीहरुलाई एक ठाउँमा ल्याउन कुन काटा किल्लाले जोडिदियो ।’ कार्यक्रममा उहाँले गठबन्धन मात्रै नभएर अदालत, बिदेशी शक्तिकेन्द्र र अरु विभिन्न संवैधानिक अङ्गहरु समेत एमालेको विरुद्धमा रहेको भन्दै आक्रोस पोख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्