जनता टाइम्स

१७ श्रावण २०७९, मंगलवार १८:०१

गठबन्धनलाई संविधानविद भीमार्जुन आचार्यको चेतावनी–अति नगरौं


काठमाडौं, साउन १७ । संविधानवीद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताउनु भएको छ । सत्तारुढ गठबन्धनले चुनावको दिनसम्मै संसद कायम रहने बताउन थालेपछि आचार्यले संबिधान संझाउनु भएको हो ।

आचार्यले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने बताउनु भएको छ । ‘प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गतेभित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानवीद् आचार्यले लेख्नुभएको छ, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्दैन ।’

संसद नै नरहेपछि सांसद समेत नरहने पनि उहाँको भनाई छ । ‘स्थापित मान्यताको कदर गरौं, अति नगरौं,’ उनले लेखेका छन् ।