जनता टाइम्स

१९ श्रावण २०७९, बिहिबार २१:२७

भिडियो भाइरल भएपछि एक महिला पक्राउ


काठमाडौं, १९ साउन। हँसियाले हानेर कुकुर मारेको आरोपमा तारकेश्वर नगरपालिका ४ कि एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै मिलिजुली टोलकी जुना बरालले बुधबार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मार्नुभएको थियो ।

उहाँले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो हेरेर पशु अधिकारकर्मी इरफान खान सहितको टोलीले बराल विरुद्ध प्रहरीमा उजुरी दिएको थियो । उजुरीपछि बालाजु प्रहरीले महिलालाई पक्राउ गरि हिरासतमा राखेको ४ नम्बर वडाध्यक्ष नरेन्द्र दास श्रेष्ठले जनाकारी दिनुभयो। वडाध्यक्ष श्रेष्ठका अनुसार ४ नम्बरको पुरानो गुहेश्वरी, मिलिजुली टोलमा कुकुरको आतंकले स्थानीयबासिन्दा हैरान छन् ।

‘हाम्रोमा त्यो मरेको कुकुरले १० जना जतिलाई टोकिसकेको थियो । हिरासतमा रहेकी उहाँ महिलाले आफने छोरालाई टोकेपछि मार्दिनु भएछ,’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।महिलालाई कुकुर मार्न नहुने कानुनी व्यवस्थाबारे थाहा नभएको भन्दै मिलाउन खोज्दा स्थानीयबासिन्दा र पशु अधिकारकर्मीबीच विवाद समेत भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।