चितवन, साउन २० । नारायणगढ-मुग्लिन सडक पुनः अवरूद्ध भएको छ । प्रहरीका अनुसार नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिमा २९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा शुक्रबार रातिदेखि नै सडक अवरूद्ध भएको हो ।
शुक्रवार राति दुई बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिनदिनैजसो बाटो बन्द हुने गरेको छ । उक्त पुलभन्दा तीन सय मिटर पर रहेको डाँडा चिराचिरा परेर खोल्सामा पहिरो खसेको छ ।
वर्षा भएपछि खोल्सामा थुप्रिएको माटो‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ मौरी पुलमा बाटो बन्द हुने समस्या देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्