जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार ०८:०१

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन एजेण्डा


काठमाडौं, साउन २० । मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि गठबन्धनको बैठक बोलाइएको छ ।

बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुनेछ । गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका थिए । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धनबिना चुनावमा जान नसकिने बाध्यता सुनाइसक्नु भएको छ ।