जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार ०८:३०

विवादास्पद मुक्तिनाथ केबलकारका अध्यक्ष प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार


काठमाडौं, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा विश्लेषक तथा व्यवसायी अरुणकुमार सुवेदी नियुक्त हुनुभएको छ ।सुवेदीको परिचय राजनीतिक विश्लेषकका रुपमा रहे पनि उहाँ व्यवसायी हुनुहुन्छ । प्रत्यक्ष रुपमा उहाँको ठूलो व्यवसाय नभए पनि नेपालका ठूला घराना तथा विदेशी कम्पनीको एजेन्टका रुपमा उहाँले काम गर्दै आउनुभएको छ । सुवेदी मुक्तिनाथ केबलकार नामक पोखरादेखि मुस्ताङसम्म केबलकार सञ्चालन गर्ने परियोजनाका सञ्चालक समेत हुनुहुन्छ ।

यो परियोजनाका सम्बन्धमा विवाद छ । मुक्तिनाथ दर्शन प्रालिले कास्कीको नयाँपुल–वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ जोड्ने ८३.६५ किलोमिटर लामो केबलकार आयोजनाका लागि अनुमतिको पर्खाइमा छ । प्रालिले वीरेठाँटीदेखि मुक्तिनाथसम्म ६ वटा स्टेसन रहने जनाएको छ । सुवेदी प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिनुहुन्छ। प्रधानमन्त्रीको दबाबमा उहाँलाई अनुमति दिन लागिएको भन्दै यसअघि विवाद थियो ।