जनता टाइम्स

२१ श्रावण २०७९, शनिबार २१:३०

समाजवादी पार्टीको अध्यक्षद्धयमा डा भट्टराई र यादव


काठमाडौँ, २१ साउन । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको आज ललितपुरमा बसेको पहिलो बैठकले एक सय ८९ केन्द्रीय कमिटी बनाउँदै भट्टराई र यादवलाई अध्यक्षमा चयन गरेको हो ।

जनता समाजवादी पार्टी ९जसपा०बाट अलग भएर डा भट्टराईले नयाँ पार्टी खोल्नुभएको हो । यस्तै पार्टीको सहअध्यक्षमा गङ्गानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, दुर्गा सोब र भक्तबहादुर शाह चयन भएका छन् । महासचिवमा रमेशप्रसाद यादव हुनुभएको छ ।