जनता टाइम्स

२२ श्रावण २०७९, आईतवार १२:१५

ठाकुर र यादवसँग सिके राउतको भेट


काठमाडौं, २२ साउन। सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टा छुट्टै भेट गर्नूभएको छ ।

भेटमा असन्न प्रतिनिधि सभा चुनावमा सहकार्य गर्ने बारेमा कुराकानी भएको डा.राउतको सचिवालयले जनाएको छ ।राउतले सप्तरी क्षेत्र नं. २ बाट उम्मेद्वारी घोषणा गर्नुभएको छ। जहाँबाट गत चुनावमा जसपा अध्यक्ष यादव सांसद चुनिनुभएको थियो । राउतको सचिवालयका अनुसार जनमत पार्टीले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहित अन्य दलहरूसँग पनि सहकार्यका लागि संवाद जारी राखेको छ ।गएको स्थानीय निर्वाचनमा एक्लै लडेको जनमत पार्टीले सोचे अनुसार नतिजा ल्याउन नसकेपछि प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सहकार्य गर्ने तयारी गरेको छ ।