जनता टाइम्स

२२ श्रावण २०७९, आईतवार १३:५८

इंग्लिस प्रिमियर लिग : सिटीले वेष्ट ह्यामको सामना गर्दै


एजेन्सी, साउन २२ । इंग्लिस प्रिमियर लिग २०२२–२३ फुटबलमा आज ९आइतबार० राति तीन खेलहरु हुँदैछन् । राति पौने सात बजे सुरु हुने खेलमा लेष्टर सिटीले ब्रेन्टफोर्डको सामना गर्नेछ । यता, सोहि समयमा म्यानचेष्टर युनाईटेडले ब्राइटनको चुनौती सामना गर्नेछ ।

यस्तै, राति पौने १० बजे सुरु हुने खेलमा साविक विजेता म्यानचेष्टर सिटीले वेष्ट ह्याम युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

गत सिजन शीर्ष स्थानमा रहँदै उपाधि जितेको सिटी सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । यस सिजन एर्नेष्ट हल्यान्डसहित चार खेलाडीलाई अनुबन्ध गरेको सिटी बलियो स्थितिमा छ ।

गत सिजन सिटीले लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको थियो । अघिल्लो रात भएको खेलमा चेल्सी र टोटनहमले जित निकाल्दा साविक उपविजेता लिभरपुल भने रोकियो ।