जनता टाइम्स

२२ श्रावण २०७९, आईतवार २०:४७

रिङ्ग रेस्लिङ्गको अन्तराष्ट्रिय तालिम हुने


काठमाडौं, साउन २२ । नेपालको रिङ्ग रेस्लिङ खेल विकासका लागि सम्झौता भएको छ । उक्त सम्झौता नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित जिरो वान जापान बिच भएको हो । संघकी महासचिव सुवर्ण श्रेष्ठका अनुसार जिरो वान जापानका प्रशिक्षकले नेपाली रेस्लरहरुलाई तालिम प्रदान गर्नेछन् ।

उक्त संस्थाले संघले सञ्चालन गरेको लैनचौर स्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा आगामी भाद्र १५ गते देखि ६ महिने बिशेष व्यवसायिक रेस्लिङ्ग तालिम सञ्चालन गर्ने महासचिव श्रेष्ठले जानकारी दिनुभयो। व्यवसायिक रेस्लर उत्पादनका लागि सञ्चालन हुने उक्त तालिममा इच्छुक खेलाडीहरुले २०७९ साल भाद्र १ गते सम्म आफ्नो नाम दर्ता गराउन आग्रह गरिएको छ । यो बिशेष तालिम पहिलो चरणमा ५० जनालाई निशुल्क प्रदान गरिने संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली रेस्लरहरुको सहभागिता बढाउने उद्धेश्यले आयोजना हुने तालिम तालिममा रेस्लिङ्ग खेल संगै खेल मनोविज्ञान, आहार र आकस्मिक उपचार पनि समाबेश गरिने भएको छ भने छनौट भएका रेस्लरहरु लाई विभिन्न अन्तर्रास्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराईने संघले जनाएको छ ।