जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार ०७:५१

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण


काठमाडौं, साउन २३ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।

शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बस्नुभएको थियो ।

आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिनुभयो । खड्का घरमै आराम गरिरहनु भएको छ ।