काठमाडौं, २३ साउन । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लिलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका ३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुको सहयोगमा कुँवरलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका कुँवरलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्