जनता टाइम्स

८ श्रावण २०७६, बुधबार १६:२५

छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं, साउन ८

प्रहरीले निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिनुभयो ।

छविकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हाल्नु भएको थियो । उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन् । पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्।

हेमाले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन् । नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिमाना हुनसक्छ।