जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १४:५७

दलित वडा सदस्यमा उम्मेदवार नभए अल्पसंख्यकलाई दिउँ


काठमाडौं, २४ साउन । सांसद लक्ष्मीकुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राख्नुभएको छ । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उहाँको प्रस्ताव छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजनाउने क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा अल्पसंख्यक उठ्न पाउने गरी पुनः निर्वाचन गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

सांसद लक्ष्मी परियार, अमृता थापा लगायतले पनि उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचनका लागि सरकारको ध्यानाकर्षण गर्नुभएको छ । यसका लागि प्रचलित निर्वाचन ऐन संशोधन आवश्यक भएकाले त्यसमा ध्यान दिनुपर्नेमा पनि सांसदहरुको जोड रहेको छ ।