जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १७:०९

सूर्यविनायकमा हप्तैपिच्छे निःशुल्क रक्तचाप र मधुमेह परीक्षण शिविर हुने


भक्तपुर, २४ साउन । भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको आज निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिने भएको छ । क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्ने भएको हो ।

मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरूको भीड लाग्छ । यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गर्न लागेको हो । भक्तजनहरूको चाप बढी हुने समयमा सञ्चालन गर्ने योजना गरिएको शिविर परीक्षणस्वरुप २४ साउन बिहान ८ देखि १० बजेसम्म दुई घन्टा सञ्चालन गरिएको क्लिनिक वान भक्तपुरका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी गराउनुभयो ।

पहिलोपटक मंगलबार सञ्चालित शिविरको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेत तथा सूर्यविनायक युथ क्लबका अध्यक्ष मजोज गिरीले रक्तचाप तथा रगत परीक्षण गराई शुभारम्भ गरिएको थियो । शिबिरमा विभिन्न उमेर समूहका ४० स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।