मुम्बई, साउन २५ । बलिउड अभिनेत्री सोनम कपुरले भाइहरुले आफ्ना कुनै पनि साथीलाई नछोडेको खुलासा गरेकी छन्। करण जोहरले सञ्चालन गरेको टिभी रियालिटी शो ‘कफी वीथ करण’मा सोनमले भाइहरुबारे धेरै खुलासा गरेकी हुन्।
अर्जुन कपुरसँगै शोमा गएकी सोनमले सार्वजनिक भएको टिजरमा भनेकी छन्, ‘सबै भाइ मेरा साथीहरुसँग सुतिसकेका छन। कोही बाँकी छैनन्।’ सोनम थप्छिन्, ‘यसबारे म थप व्याख्या गर्न चाहन्न। तर मेरा भाइहरुसँग कोही बचेनन्।’
सोनमका आफ्नै भाइ हर्षवर्धनले ‘हे भगवान’ भन्दै आफ्नो बचाउ गरेका छन्।
प्रतिक्रिया दिनुहोस्