जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १४:५७

संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस


काठमाडौं, २५ साउन । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाको सन्देशसहित दफावार छलफल गर्न प्रस्ताव पेस भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पेस गर्नुभएको हो । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री खाँणलाई विधेयक पेस गर्न अनुमति दिनुभएको थियो ।

गृहमन्त्री खाँणले विधेयक पेस गरेपछि त्यसलाई सभामुख सापकोटाले छलफलका लागि निर्णयार्थ पेस गर्नुभएको थियो । विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवालले संशोधन हाल्नुभएको थियो । उहाँले संशोधन प्रस्ताव हाल्नुको कारणबारे आफ्ना धारणा राख्नुभएको छ ।